भरतपुरमा दर्जन बढी जुवाखाल

प्रहरी प्रशासन बेखबर


चितवन÷चितवनको भरतपुर महानगरमा दर्जभन्दा बढी जुवाखाल सञ्चालनमा रहेको पाइएको छ । महानगरको नारायणगढ बजार र आसपासका घरहरुमा प्रहरी कार्यालयबाट केही दुरीमा बाह्रमासे अवैध जुवाखाल सञ्चालनमा रहेका हुन् ।
प्रहरी प्रशासनको आँखा छल्दै सञ्चालनमा रहेका यस्ता जुवाखालबाट प्रहरीकै केही घुमुवाबाट नियमित असुली समेत हुने गरेको पाइएको छ । नारायणगढ बजारमा घर भाडामा लगाई मासिक लाखौँ कमाउनेहरु देखि पूर्व लाहुेर, जग्गा व्यापारी र जिल्लाका प्रतिष्ठित भनिएकाहरु  समेत त्यस्ता जुवाखालमा नियमित धाउने गरेका एक गोप्य श्रोतबाट खुल्नमा आएको छ । श्रोतका अनुसार राजनीतिक तथा प्रशासनिक पहुँच बनाएका साथै दुई नम्बरी धन्दा गरी अकुत सम्पति कमाएकाहरु प्रायः जुवा खालमा जाने गरेको श्रोतले बताएको छ । श्रोतका अनुसार चितवनका कतिपय नाम कहलिएका ठूला होटलमा भिआइपी वेश्वावृती र जुवाखाल समेत सञ्चालन हुने गरेपनि प्रहरी प्रशासन बेखबर बनेको छ । एउटाले रुम बुक गर्छ, अरु पछि आउँछन् । होटलमा वियर, रक्सी, मासुका परिकारहरु बिक्री बढी हुने कारण होटलवालाहरुले पनि थाहा नपाएको झैँ गर्ने गर्छन् । श्रोतले भन्यो– सबैतिरको सेटिङ्गमै चल्छन जुवाखाल, त्यसैले उनीहरु निर्भिकतापूर्वकनै खेल्छन् । नारायणगढको न्यूरोड नजिकको एक स्थानमा दिउँसो १२ बजेपछि बेलुका अबेरसम्म जुवा खाल सञ्चालन भइरहेको छ । तर, आधा कि.मी.को दुरीमा रहेको वडा प्रहरी कार्यालय बेखबर बन्छ । भरतपुर हाइटमा रहेको थकाली भान्छा घर माथिको जुवाखालबाट हालैमात्र कार्वाहीमा परेका घुमुवा प्रहरी हवल्दार रामप्रवेश यादवले मासिक रु. २ लाख लिने गरेको यस अघि नै खुलासा भइसकेको छ । यसैबीच जिल्लामा दर्जनौँ जुवाखाल र भी.आई.पी. वेश्यावृति बढिरहेको छ नी, प्रहरी प्रशासन किन मुकदर्शक? भनि हामीले सोधेको प्रश्नमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक (एस.पी.) दिपक थापाले कहाँ–कहाँ छ । यस विषयमा हामी अध्यन गरि तत्काल कारबाही गर्छो, गैंरकानुनी गतिविधि गर्ने कसैलाई  कानुनले छुट नदिन भन्दै आफुले कारबाही गरेरै छाड्ने बताए ।
जिल्लामा शुरुमा एसपी थापाले केही राम्रै काम गर्न खोजेपनि पछिल्लो चरण घटेका हत्या, बलत्कार, डकैती, लुटपाट घटनाको गहिराइसम्म प्रहरी पुग्न नसक्नु साथै बदनाम घुमुवाद्वारा अवैध असुली काण्ड सार्वजनिक हुनु, जिल्लामा जुखाल र वेश्यावृत्ति लगायतका सामाजिक अपराधहरु मौलाउँदै जानुले प्रहरी प्रशासनप्रति आम सर्वसाधारणको सन्देह अरु बढ्दै गएको छ ।  फरार करार दिएका अन्तर्राष्ट्रिय स्तरका नामुद तस्करहरुलाई कारबाही प्रक्रिया नदेखिनुले पनि प्रहरी  छवि धुमिलिदै गएको चितवनवासीको ठम्याई रहेको छ । यधपी थापाले गैरकानरनी काममा सम्लग्नहरुलाई कारबाही गरेरै छाड्ने सार्बजनिक प्रतिबध्दता गरेकाले चितवनवासी थापा प्रति अझै आशातित देखिन्छन् ।