गृहमन्त्री जनार्दन शर्मालाई खुल्लापत्र


माननिय गृहमन्त्री एवं पूर्व जनमुक्ति सेनाका कमाण्डर जानर्दन शर्मा प्रभाकर ज्यू लालसलाम १
खै कहाँबाट कुरा शुरु गरौं । तपाई माओावादी पार्टीको नेता, जनमुक्ति सेनाको कमाण्डर, वर्तमान देउवा मन्त्री मण्डलको सबैभन्दा शक्तिशाली एवं महत्वपूर्ण मन्त्रालय गृहमन्त्रालयको प्रमुख तपाइृ सँग धेरै मनको कुरा पोख्नु जरुरी ठानी यो खुल्ला पत्र लेख्ने जमर्को गरेको छु । तपाईले यस अघिको प्रचण्ड सरकारमा उर्जा मन्त्रालयमा रहँदा जुन अदम्म साहस र कुशल व्यवस्थापन गर्न सक्नुभयो, कुलमान घिसिड्ड जस्ता असल मानिसहरुलाई काम गर्ने अवसर मात्र जुटाई दिनु भएन तपाईले अभिभाववक्तव प्रदान गरिदिनु भएकोले राजधानी काठमाण्डौ लोडसेडिड्ड मुक्त हुन पुग्यो । चितवन, पोखरा लगाएत मुलुकका अधिकांश भु–भाग लोडसेडिड्ड मुक्त भयो, देशैभर विद्युत आपूर्तिमा भईरहेको अनियमितता माथि तपाईले धावा बोल्नुभयो तपाई र तपाईको टिम सापेक्षिक रुपमा सफल नै रहयो । हुन त तपाईको टिमको विरुद्ध मुलुक र जनताका दुश्मनहरुले आक्रमण गर्न नखोजेका होइनन् । इन्भटर, जेनेटर र व्याट्री सप्लाई गर्ने ठुला काला व्यापारीहरु र तिैको दलाली गर्दै बाच्न पल्केका परजीवि जुकाहरुले तपाईहरुलाई डस्न नखोजेका पनि होइनन् । तर उनीहरुको षडयन्त्रलाई नेपाली जनताको साथ, सहयोग र अदभुत समर्थनले तपाईहरुले नेस्तनाबुद बनाई छाड्नु भयो । यसमा तपाईहरुको निष्ठापूर्ण कर्म प्रति सर्वोच्च अदालतले समेत साथ दियो । विद्युत प्राधिकरणको सञ्चालकको रुपमा रहि देश र जनताको खुन पसिना चुस्दै मोटाउन पल्केका त्यस्ता काला र शक्तिशाली जुकाहरुलाई पराजित गर्न सफल भए सँगै कुलमान, तपाई र तपाईको टिमको उचाई हवात्तै बढ्न पुग्यो । कर्मचारीतन्त्र भित्र भएका भष्ट्रहरुलाई पाखा लगाउने एक हद सम्म सांकेतिक कारवाही चलाउनुभयो, देशै भरका विद्युत प्राधिकरणमा वर्षौ जमेर खुन चुसिरहेका त्यस्ता जुकाहरुको सेटिड्ड पनि तपाईले भत्काउन सफल हुनुभयो । वर्षौबाट ठेक्कामा भईरहेको अनियमिततालाई रोक्न पनि तपाईले विशेष पहल गर्नुभयो । विद्युत प्राधिकरणमा लागेको खियाले जाम भएका कयौं कामहरु तपाईहरुको चलायमान कार्यशैलीले गतिशिल तुल्याईदियो । यद्यपी सरकारी विद्युतलाई आÇनो व्यक्तिगत कारोबारको रुपमा लिई ट्रान्सफर सेटिड्ड देखि मिटरबक्स सेटिड्ड सम्मका अनियमिततामा तपाईको ध्यान र समय पुग्न सकेन । समग्रमा उर्जा मन्त्रालयमा तपाईको नेतृत्व नेपालको इतिहासमै स्वर्णिम रहन गएको म जस्ता आम मान्छेहरुको ठहर छ । वास्तवमा भने हो भने माओवादी केन्द्रको खस्कदो अवस्था सुधार्न र प्रचण्ड सरकारको नाक जोगाई दिने काममा उर्जा मन्त्रालय मार्फत तपाई र तपाईको टिमले अतुलनीय योगदान गरेको छ, जस्को भोलिको दिनमा समिक्षा हुँदै जाला खैर यो त भयो तपाईले उर्जा मन्त्रालय समालेर गर्नुभएको असल कार्यको वर्णन । हुन त तपाई माओवादी पार्टीको एक नेता र जनमुक्ति सेनाको एक शसक्त कमाण्डरको हैसियतमा युद्धकालमै तपाईले नेतृत्व गरेको लडाईका मोर्चाहरुमा सानदार सफलता हुने गरेको म स्वयं विगतको त्यो माओवादी आन्दोलनको एक सिपाही भएको नाताले मैले अनुभुत र विश्लेषण गरिसकेकै विषय हो । दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्ने रणनिति र योजना अन्र्तगत गण्डक क्षेत्रका कारवाहिहरुमा तपाईको सक्षम एवं कुशल नेतृत्वमा शानदार हमला र सफल कारवाहिहरु भएकै हुन् । माओवादी आन्दोलन भित्र पनि तपाई काम गर्ने, जुझारु, निष्ठावान, गतिशिल र इमान्दार नेताको रुपमा कार्यकता माझ विगतबाटै स्थापित भईसक्नु भएको छ । तपाईको यो छविले अझै उचाई र सफलता पाउँदै जाओस्, तपाईको शुभचिन्तकको हैसियतबाट म यो शुभ–कामना व्यक्त गर्दछु ।
अब तपाईले भरखरै सम्हाल्दै गरेको मन्त्रालयको विषयमा दुई चार वटा कुरा गर्नेछु । वास्तवमा भन्ने हो भने प्रत्येक मानिसको प्रत्येक पाइलामा अग्नि परीक्षा आईरहेको हुन्छ । प्रत्येक पाईलाको परीक्षामा पास हुन सक्ने मानिस नै असल र सफल मानिन्छ । अब तपाईको पनि नयाँ परीक्षा शुरु भईसकेको छ, तपाई परीक्षामा पास हुनुहुन्छ या फेल त्यो तपाईको प्रत्येक पाइला र आगामी यात्राले तय गर्नेनै छ । गृहमन्त्रालय मातहतको नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग भित्रको विकृति, विसंगति, बेतिथी, भ्रष्टचार, अनियमितता र घुसतन्त्रको जालो तोड्न तपाई सफल हुुनुहुन्छ या असफल यो आगामी दिनमा देख्न पाईएलानै ‘नेपाल प्रहरी’मुलुकको चलायमान सुरक्षा निकाय जो विकृति, विसंगति, बेतिथी, भ्रष्टचार मा चुर्लम्म डुबेको आम विष्लेषण छ । नेपाल प्रहरीका आईजीपी देखि, एआईजी, डिआईजी, एसएसपी, एस्पी हुदै इन्सपेक्टर सम्मका बढुवा र मालदार स्थानहरु –भन्सार, उपत्यका लगायतका स्थान) मा हुने शरुवामा लाखौ मात्र होइन करोडौँको चलखेल हुने गरेको यस अघि नै विभिन्न मिडियामा सार्वजनिक भईसकेको विषय तपाईलाई थाहै होला । सर्वसाधारण सुचकले सुचना दीनिे अनि राजस्व छलि लगायतका अबैध मालसमान प्रहरीले पक्रन्छ तर प्रहरी हाकिमका श्रीमति, साला, साली र यस्तै आफन्तहरुको नाम राखी नियम सँगत सुराक कमिशन नपाउँदा सुचना अभावको कारण करोडौ राजस्व गुमिरहेको छ । के यस विषयमा माननीय गृहमन्त्रि ज्यू केही गर्न सक्नु हुन्छ ?भन्सारबाट दैनिक करोडौको मालसमान विना भन्सार, कम मूल्याड्ढनको भन्सार गराई, भन्सारमा रहेका भ्रष्ट कर्मचारी र प्रहरीलाई मिलाउदै पास हुने गर्दछ, के यसलाई रोक्न सक्नुहुन्छ ?अहिले पनि प्रहरीले गैरकानुनी रुपमा ब्यक्तिलाई हिरासतमा राखी आर्थिक लाभको आधारमा लेनदेनको मुद्धा हेरिरहेको छ । के त्यस्ता प्रहरी अफिसर र अधिकृतलाई कार्बाही गर्न सक्नुहुन्छ ? प्रहरी धुमुवाहरु मार्फत् गैरकानुनी धन्दा गर्न छुट दिए बापत होटलहरुबाट, जुवाखालहरुबाट हप्ता असुली र मासिक कलेक्सन भईरहेको छ । के रोक्ने शक्ति छ हजुर सँग ? प्रहरी कार्यालयहरुमा आउने झैझगडाका केशका पक्ष विपक्षहरुबाट शहरबजारका काला ब्यापारीहरुबाट, प्रहरीको गाडिमा तेल, टायर, हाकिमका घरहरुमा उपहारको थुप्रो ओइरीरहेको छ । के यसलाई रोक्न सक्नुहुन्छ ?अबैध बालुवा खानी, गिटी, ढुङ्गा, ग्राभेल उत्खनन् र प्राकृतिक श्रोत साधन दोहन गर्ने तस्करहरुबाट सिधै खाता र श्रीमतिका हातहरुमा पैसा पुग्ने गरेको खुल्नमा आएको धेरै भैसक्यो । के प्रत्येक पहरी अफिसर र अधिकृतहरुको प्रहरी सेवा शुरु गर्दा यत्ताको अस्वभाविक सम्पतिको अनुसन्धान गरि कार्बाही गर्ने क्षमता छ तपाईसँग ? यस्तै यस्तै सयौँको प्रश्नको चाङहरु छन् आज आम मान्छेको मनमा के त्यो सम्बोधन गर्ने खुबी छ तपाई सँग ? प्रहरीको रासन ठेक्का र लजिस्टिकमा हुने अनियमितता रोक्न सक्नुहुन्छ ?विगतमा रकचन्दन तस्करी गर्ने देखि गोरु तस्करी र अन्य अबैध धन्दा गर्नेहरुको ठूलो जमात तपाईको पार्टी भित्र कार्यकर्ताको रुपमा भित्रिरहेका छन् । कांग्रेस, एमाले लगाएतका ठूला र शक्तिशाली पार्टी एवं तिनका मुख्य नेताको आडमा गुण्डा गर्दी गर्नेहरुको कुनै कमि छैन के तपाई आफ्नो पार्टी भित्र रहेका र नरहेका सबै गुण्डा, डनहरुलाई तह लगाउन सक्नुहुन्छ ?के तपाई प्रहरी चेकिड्ड र ट्राफिक नियमको नाममा आम सर्वसाधारणलाई सताउने तर ठूला ठालुहरुलाई सलाम ठोक्ने प्रवृतिको अन्त्य गर्न सक्नुहुन्छ ?मेरा यि र यस्तै सँयौँ अनुत्तरित प्रश्नहरुको जवाफ दिन सक्नु हुन्छ भने तपाईलाई साथ दिन म जस्ता लाखौ आम मान्छे तयार हुनेछन् । माओवादी जनयुद्धको क्रममा तपाईहरुको विचारलाई साथ दिदै हामी जस्ता लाखौ युवाहरुले ज्यान बाजी लगाएर तपाई र तपाइको सुप्रिमोलाई साथ दिएकै हो । कयौ साथीहरु शहिद भए, कयौँ गोली बोकी हिडिरहेका छन् । हामीजस्ता लाखौ युवाहरु जो हिजो माओवादी आन्दोलनमा मर्न मार्न लाग्यौ तर आज बेरोजगार र विदेशिने पिडामा घाइते झै छट्पटिरहेका छन् । मुलुकमा परिवर्तनको आशामा बगेको रगतले अझै सार्थकता पाईसकेको छैन । ब्यवस्था र ब्यक्तिमा परिवर्तन गरिएपनि अवस्था र सोच झन् गिद्रो छ । जनताको जिवन ब्यवहार र जनजिवीकाको अवस्था झन् दर्दनाक र परनिर्भरता तिर तिबृत्तर रुपमा उन्मुख भईरहेका छ । के यो दुरावस्थाबाट मुलुकलाई पार लगाउन सक्नुहुन्छ तपाईहरुले ? मानवीय मन्त्री ज्यू तपाईको विगतको कामको आधारमा आम मान्छेले तपाईबाट धेरै नै आशा गरेका छन् के त्यो आशा र विश्वासलाई निरन्तर जगाउन सक्नुहुन्छ ।
अन्त्यमा, तपाई जनयुद्धको एक कुशल र सक्षम कमाण्डर र उर्जा मन्त्रि हुँदा तपाईले निभाउनु भएको भुमिकाको सह्राना गर्दछु । र आम मानिसको अपेक्षा, आशा र भरोसा अनुरुप गृहमन्त्रालय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा सर्वसाारणले अनुभुत गर्ने गरी आमुल सुधार र परिवर्तन ल्याउनुहुनेछ भन्ने विश्वास र यही शुभकामना ब्यक्त गर्दछु ।
हस्त उही तपाईको शुभचिन्तक सुर्य बराल ।
भरतपुर–३, चितवन ।