भरतपुर सीटीबका महिला कर्मचारीका आरोपः सञ्चालक समितिका कर्मचारी गर्छन दुव्यबहार

भनेको नमाने जागिर छाड भन्छन्, कर्मचारीहरु आन्दोलित


चितवन । भरतपुर महानगरपालिकामा गत मंसिरको दोस्रो हप्ताबाट सञ्चालनमा आएको सिटी बसका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मेट्रो सिटी बस प्रा.लि द्धारा सञ्चालित सिटी बसका कर्मचारीहरुले बस सञ्चालक समितिले पहिलेको सहमति अनुसार अहिले मासिक विहानको खाना खुवाउन नसक्ने र मासिक एक हजार रुपैयाँ उपलव्ध गराउने निर्णय पश्चात उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले शुक्रबार बस पार्कमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् । नगर बसको अवधारण अनुसार सञ्चालित सिटी बसले स्थानियहरुलाई मध्यनगर गर्दै सो बस सञ्चालन गराएको हो । बस सञ्चालन गर्नु अघि आँफुहरुले भने अनुसारका सेवा दिने भनेता पनि अहिले आएर कुरा परिवर्तन गरेको आन्दोलित बस चालक अगम प्रसाद सापकोटाले जानकारी दिए ।

समितिले आश्वासन दिएको तर सो कुरा अहिले आएर लागु गर्न नसकिने भने पश्चात आन्दोलनमा उत्रिएको उहाँको भनाई छ । विहानको खाना समितिले दिने भन्ने सहमतिमा उनीहरु काममा आएका थिए तर अहिले विहानको खाना नखुवाउने तर खाना स्वरुप मासिक एक हजार रुपैंया दिने भने पश्चात उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

मासिक एक हजार रुपैंयाले महिना भरी खान नपुग्ने भएकाले उनीहरुले पहिलेकै निर्णय कार्यान्वयन गर्न माग गरेका छन् । समितिले पहिलेको माग अनुसार अब समितिले बोलाए पनि नजाने गरी ३४ जना कर्मचारीह्रुले राजिनामा दिएका छन् । बेलुका घर जाने समयमा चार सय रुपैंया भत्ता सहित मासिक दश हजार रुपैंया दिने सहमति भए पनि अहिले समितिले सो कुरा पूरा नगरेको उनीहरुको आरोप छ ।

यसैबिच चितवनमा पहिलो पटक सिटि बसले महिला कर्मचारी राखेर यातायात सञ्चालन गरेको भनेता पनि महिला कर्मचारीहरु हिंसामा परेको बताएका छन् । उनीहरुले सिटी बस सञ्चालक समितिका कर्मचारीहरुले मद्यपान सेवन गरी आफुहरुमाथि हातपात गर्ने गरेको उनीहरुले दुखेसो पोखेका छन् ।

उनीहरुले भनेको नमाने भोलीबाट काममा नआईज भन्ने गरेको र अघिल्ला कर्मचारीहरुलाई निकाल्ने गरेको उनीहरुले बताएका छन् । हलकारोडटकमबाट