केही सहकारी र भेटनरी द्धारा समेत अबैध रुपमा विषादी बेच्दै

चितवन । चितवन जिल्लामा रहेका किराना पसलेहरुले मात्र होइन सहकारी संस्था र केही भेटनरी पसलहरुले समेत अबैध रुप्मा विषादी बेच्दै आएको कुरा खुल्नमाआएको छ । नियामक निकाय जिल्ला कृषि कार्यालय र सहकारी डिभिजन कार्यालयको वेवास्ता तथा मुकदर्शकिताको कारण नारायणगढ, भरतपुर, टाँडी, पर्सा, खोलेसिमल, भण्डारा, पिप्ले, पश्चिम चितवनका पटिहानी, पार्वतीपुर, चनौली र माडी लगाएतका स्थानमा रहेका केही नाम चलेका सहकारी र भेटनरी पसलहरुले “विषादी खुद्रा विक्रेता इजाजत पत्र नलिईकनै विषादी विक्री–वितरण गरिरहेका हुन् । विषादी बेच्नेलाई सेन्स समेत नरहेका ब्यक्तिबाट ति सहकारी र भेटनरीहरुले विषादी विक्री वितरण गरिरिहेको भएपनि कृषि कार्यालय बेखवर जस्तै छ ।

पश्चिम चितवनको भरतपुर–२९ पटिहानीमा रहेको एउटा सहकारीले यसरी अनाधिकृत रुपमा बषौबाट विषादी बेचिरहेको भएपनि जिल्ला कृषि कार्यालयले देख्न सकिरहेको छैन । भरतपुर–२९ कै अर्को एक सहकारी नारायणी नगरपालिका ७ र ८ का १÷१ वटा सहकारी संस्था र चितवनको अर्को एक सहकारीले समेत विना इजाजत विषदी विक्री वितरण गरिरहेको बुझ्नमा आएको छ । पश्चिम चितवनकै भरतपुर उपमहानगरपालिकाका केही नयाँ वडाहरु र नारायणी तथा चितवन नगरपालिका स्थित बजार क्षेत्रका भेटनरी पसलहरुमा समेत व्यापक रुपमा अनधिकृत रुपमा विषादीका साथै बिउबिजनहरु समेत बिक्री वितरण भईरहेको श्रोतले बताएको छ । श्रोतका अनुसार पूर्वी चितवनका राप्ती नगरपालिकाको भण्डारा, पिप्ले, गड्यौली, लोथर लगाएतका क्षेत्रमा रहेका केही झोले सहकारी र एग्रोभेटहरुले समेत अबैध भारतीय मल महड्डो मूल्यमा बेचिरहेको भएपनि जिल्ला कृषि कार्यालयले अहिलेसम्म कसैलाई कार्वाही गर्न सकेको छैन ।

अनुदानको नेपाली मल भन्दा कमसल त्यस्ता भारतीय युरिया, गेडे मल खुलम–खुल्ला सहकारी र एग्रोभेटहरुले तस्करी गर्दै बेचिरहदा समेत जिल्ला कृषि कार्यालय तमासे र मुक दर्शक बनेर बसिरहेको अवस्थालाई सर्वसाधारणले भने निकै अर्थ पूर्ण रुपमा हेरिरहेको समेत जानकारीमा आएको छ ।