राजमार्गमा पर्ने रुखहरु नकाट्दा सडक दुर्घटना बढ्दै ।
चितवन । भरतपुर उपमहानगरपालिका भित्र राजमार्गमा पर्ने अधिकांश
रुखहरु नकाट्दा सडक विकासमा अवरोध भएको छ नै, दुर्घटनाको समेत उत्तिकै जोखिम बढेको छ । सडक विस्तार गरेको वर्षौ बितिसक्दा समेत उक्त रुखहरु हाल सम्म पनि काटिएको छैनन् । भरतपुरको वीरेन्द्र क्याम्पस अगाडि रहेका ठुला ठुला रुखहरु काट्न भरतपुर उपमहानगर पालिका मौन छन् ।
पढाइको सिलसिलामा ज्यामीरे (३ काशीगाउँबाट हरेक जासो अस्मिता डल्लाकोटी यहाँ अध्ययन गर्न आउँछिन् । उनी यहीँ बाटो भएर कलेज जान्छिन् । उनी भन्छिन् स् कलेज आउँदा बाटोमा रहेका तीन वटा ठुला ठुला रुखहरुको सामना गर्नुपर्छ । त्यहीं रुखको नजिक भएर गाडीहरु द्रुत गतिमा कुदिरहेका हुन्छन् । यस्ले , दुर्घटनाको समेत उत्तिकै जोखिम बढाएको छ ।
उनले आक्रोशित हुँदै भनिन् स्( सडक बिस्तारका क्रममा राजमार्गमा पर्ने रुखहरु काट्नु पर्ने भए पनि यस बिषयमा उपमहा नगरपालिका रमिते बन्ने गरेको आरोप समेत लगाइन् । अहिले भरतपुरको चौबिसकोठीदेखि केन्द्रीय बसपार्क सम्मको सडकको चौडाई पार्ने काम धमाधम भइरहेको छ । चार लेन बनाउने हिसाबले सडक निर्माणको काम तिब्र गतिमा दौडिरहेको छ । साँघुरो राजमार्गलाई फराकिलो बनाउँदा सो क्षेत्रमा सिसौलगायतका रुखहरु राजमार्गमै परेका छन् । तर , पनि रुख नकाटी निर्माणको काम धमाधम भइरहेको हो ।
वीरेन्द्र क्याम्पस अगाडिको रुख नकाटी कालोपत्रे गर्ने काम भए जसरी सो क्षेत्रमा पनि राजमार्गमा परेका रुख नकाटी कालोपत्रे गर्ने काम हुने निश्चित भएको छ । जसले गर्दा राजमार्ग
को स्वरुप नै कुरुप देखिने गरेको छ । राजमार्गमै परेको उक्त रुखले नगरको शोभा पनि घटाएको छ । चौबिसकोठी देखि भरतपुर विमानस्थलको गेट सम्म सडक विस्तारको कालोपत्रे गर्ने काम नतासा निर्माण सेवाले गरेको छ । उक्त सडकमा चार वटा रुख काट्नुपर्छ । तर, रुखको वरिपरि कालोपत्रे गर्ने स्थिति बनिसकेको छ । ‘रुख काट्न पहल भएको छैन, रुखलाई छोडेर बाँकी भाग पिच गर्न बाध्य भएका छौँ’ नतासा निर्माण सेवाका प्रोपाइटर ईश्वर रिमालले भने, राजमार्गमा परेको रुख काटे काम गर्न पनि सजिलो हुने थियो । काम पनि छिटो सम्पन्न हुने थियो ।
के,भन्छन् डिभिजन सडक कार्यालय ?
यता, डिभिजन सडक कार्यालयका सूचना अधिकृत गजेन्द्रबहादुर चन्दले आफुलाई हालसम्म एउटा पनि निवेदन नआएको दाबी गरे । ‘सडक निर्माणलाई रुखले अवरोध ल्याएको छ, रुख काट्ने अभियान वन कार्यालयले ल्याउन जरुरी छ । विकास निर्माणको काममा राजमार्गमा परेका रुखहरु काट्न नपाइने यो कहाँको कस्तो नियम हो र ?
के भन्छ बन कार्यालय ?
यसैबीच,हामीले वन कार्यालयका सूचना अधिकृत कृष्णप्रसाद पौडेललाई सम्पर्क गरेका थियौं । ‘डिभिजन सडक कार्यालयका सूचना अधिकृत चन्दको भनाइलाई जिल्ला वन कार्यालय भरतपुरले ठाडै अस्वीकार गरेका छन् ।
उनले ‘उक्त रुखहरु काट्नका लागी कहिँ कत्तैबाट हालसम्म पनि उजुरी नआएको बताए । ‘डिभिजन सडक कार्यालयबाट राजमार्गमा परेको रुख काट्न भनेर कुनै निवेदन आएको छैन । निवेदन परेमा प्रक्रिया पु¥याएर रुख काट्न सकिन्छ । एउटा निवेदन पनि नदिने, अनि रुख काटेन भनेर वन कार्यालयलाई मात्रै दोष लगाउन मिल्छ र ?’ वन कार्यालय भरतपुरका सूचना अधिकृत कृष्णप्रसाद पौडेलले भने, ‘निवेदन परेमा प्रक्रिया र्पुयाएर वीरेन्द्र क्याम्पस अगाडिको सालको रुखमात्र होइन, राजमार्गमा परेका सबै रुख काट्न सकिन्छ ।’ वन कार्यालयको प्रक्रिया झन्झटिलो रहेको र प्रक्रिया र्पुयाएर रुख काट्दा काममा ढिला हुने बुझाइ डिभिजन सडक कार्यालयको देखिन्छ ।