क्रान्तिकारी पत्रकार महासंघ चरणबद्ध आन्दोलनमा
माग सुनवाई नभए तालाबन्दीमा जाने
चितवन÷श्रमजिवी तथा क्रान्तिकारी पत्रकारहरुको नेतृत्वदायी संस्था क्रान्तिकारी पत्रकार महासंघ चितवन चरणबद्ध आन्दोलनमा उत्रिएको छ । नेपाल पत्रकार महासंघले सदस्यता वितरणमा गरेको अपारदर्शिता र पक्षपातपूर्ण व्यवहारको विरुद्ध क्रान्तिकारी पत्रकार महासंघ चितवन चरणबद्ध आन्दोलनमा उत्रिएको हो । क्रान्तिकारीले गत माघ २० गते एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनमा उत्रिएको घोषणा गरेको हो । जिल्ला शााखामा समेत महासंघ ठुला दलीय पत्रकार संगठनको सेन्डिकेटबाट मुक्त हुन नसकेको र पक्षपातपूर्ण तरिकाबाट कयौं क्रियाशील पत्रकाररुलाई सदस्यता नदिई महासंघले अन्याय गरेको भन्दै क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो । त्यस्तै, पेशामा आवद्धै नभएका, अर्काले लेखेको समाचारमा बाईलाईन नाम लेखि नक्कली कागजात पेश गरेका, अन्य पेशा र राजनितिमा सक्रिय रहेका ग्रैह पत्रकारहरुलाई ठुला दल भित्रका पहुँचवाला भएकै आधारमा सदस्यता दिईएको क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ,“ हिजो कुनै समयमा किताब छपाएका, सामान्य पत्रकारिता गरेका भए पनि वर्षौं वर्षबाट पत्रकारिता छाडिसकेकाहरुको पनि आफ्नो संगठनको वर्चस्व बनाउन र चुनावी प्रयोजनको रुपमा सदस्यता नविकरण गरि राख्ने पछौटे मानसिकतालाई चिर्न चितवन महासंघ असफल रहेको प्रष्टै छ । त्यस्तै कार्यक्षेत्र र पेशाबाट पलायन भई वैदेशिक रोजगारी र अन्यत्रै गईसकेकाहरुको समेत महासंघकै कतिपय पदाधिकारीहरुद्वारा सदस्यता नविकरण गरिदिने प्रवृत्ति नै नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानको बाधक तत्व रहेको हाम्रो ठहर छ । अतः पेशा छाडेकाको स्वतः केहि समय पछि सदस्यता नरहने र पेशामा क्रियाशील भएको कम्तिमा एक वर्ष भित्र सदस्यता प्राप्ति हुने सहज अवस्था सिर्जना गर्न हामी महासंघ सँग जोडदार माग गर्दछौं । हामीले जिल्लामा सदस्यता शुद्धिकरण र क्रियाशील पत्रकारहरुलाई सदस्यता वितरणको निम्ति यस अघि नै ज्ञापन पत्र बुझाईसकेका थियौं । हाम्रो संगठनको मागलाई महासंघ चितवन शाखाले वेवास्ता गरेको कारण हामी आन्दोलनमा जान बाध्य भएका छौं ।” क्रान्तिकारी महासंघका चितवन अध्यक्ष सुर्य बरालद्वारा जारी उक्त विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ । क्रान्तिकारी महासंघले पहिलो चरणका संघर्षका कार्यक्रम अन्र्तगत माघ २१ गते शुक्रबार २ बजे नेपाल पत्रकार महासंघ चितवन शाखालाई ध्यानाकार्षण पत्र बुझाइसकेको छ । त्यस्तै माघ २३ गते आइतबार चितवन शाखा मार्फत महासंघ केन्द्रमा विरोधपत्र बुझाउने कार्य र माघ २५ गते हिजो मंगलबार महासंघको चितवन शाखा कार्यलय भरतपुरमा कालो झण्डा र ब्यानर टागंीसकेको छ भने क्रान्तिकारीले माघ २८ गते १ दिनका लागि जिल्ला शाखा कार्यलयमा तालाबन्दि गर्ने, फागुन ५ गते देखि ८ गतेसम्म ३ दिनको लागि जिल्ला शाखा कार्यलयमा तालाबन्दि गर्ने र फागुन ११ गतेबाट जिल्ला शाखामा माग पुरा नभएसम्म अनिश्चितकालिन तालाबन्दि गर्ने कार्यक्रमहरु तय गरिसकेको छ । क्रान्तिकारीले माग पुरा गर्नेतर्फ महासंघले पहल नगरेमा अर्को चरणमा अनसन लगाएतका कार्यक्रम घोषणा गरिने समेत जनाएको छ । स्मरण रहोस नेपाल पत्रकार महासंघ चितवन शाखाले आगामी फागुन १७ गते आफ्नो अधिवेशन तोकिसकेको छ । महासंघले अधिवेशन अगाडी नै सदस्यता विवाद नटुड्डयाएमा अधिवेशन समेत विवादित हुने देखिन्छ । महासंघको सदस्यता वितरणमा अपारदर्शिता र पक्षपातपूर्ण व्यवहार भएको भन्दै प्रेस सेन्टर लगाएतका अन्य संगठनहरुले समेत विरोध आ–आफ्नै तरिकाबाट विरोध जनाई रहेका छन् ।