सदस्यता सूद्धिणीकरण नगरे क्रान्तिकारी आन्दोलनमा जाने
चितवन । नेपाल पत्रकार महासंघले चितवनमा सदस्यता सूद्धिणीकरण कार्य नगरे क्रान्तिकारी पत्रकार महासंघ चितवनले आन्दोलन गर्ने जनाएको छ । क्रान्तिकारी पत्रकार महासंघ चितवनले महासंघकोे सदस्यता सूद्धिणीकरणको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने निणर्य पनि गरेकोे छ ।
नेकपा (क्रान्तिकारी) माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ जिल्ला शाखा चितवनकोे शनिबार नारायणगढमा सम्पन्न विशेष भेला तथा प्रशिक्षण कार्यक्रमले सो निर्णय गरेको हो ।
पत्रकार महासंघ चितवनले जिल्लामा कृयाशिल पत्रकारहरुलाई सदस्यता नदिएको ,गैर पत्रकारलाई सदस्यता दिएको, पत्रकारिता पेशा छोडेर विदेश पलायन भइसकेकाको सदस्यता खारेज नगरेको र विगत लामो समयदेखी पत्रकारितामा निष्कृय ब्यक्तिहरुलाई सदस्यता नविकरण गरेकोे कारण क्रान्तिकारी पत्रकार महासंघ आन्दोलनमा जाने तयारीमा पुगेको हो । क्रान्तिकारी पत्रकार महासंघले चितवन पत्रकार महासंघलाई सदस्यता सुुद्धिणीकरण गर्न यस अघि नै ज्ञापन पत्र बुझाएपनि त्यसको कुनेै सुनुुवाइ नभए पछि भेलाले आन्दोलनमा जाने निर्णय गरेको हो ।
भेलाले पत्रकारिता पेशामा सकृृय तर पत्रकार महासंघले सदस्यता नदिएका पत्रकारहरुलाई समेत आन्दोेलमा सहभागी हुुन आग्रह गरेकोे छ । क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष सुर्य बरालकोे अध्यक्षतामा सम्पन्न उक्त भेलामा केन्द्र्रिय सचिव रामकुमार श्रेष्ठ, केन्द्रिय सदस्य शंंकर प्रसाद सुबेदी, नेकपा ( क्रान्तिकारी माओवादी ) का केन्द्रिय सल्लहाकार भुमिश्वर कँडेल, महासंघका जिल्ला सचिव सरोज उपरकोटी ,कोषाध्यक्ष प्रेम कँडेल लगायतले मन्तब्य राखेका थिए ।