थानकोट कार्वाहीको डायरी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पहलमा मालेवादको आधारभूत मूल्य मान्यतालाई स्थापित गर्दै नेपाली भूमिमा थप रक्षा विकास प्रयोग गर्दै विभिन्न आरोह अवरोह पार गर्दे महान जनयुद्धले छापामार, कार्वाही हुँदै रणनैतिक प्रत्याक्रमण दोस्रो योजनाको दोस्रो चरणको कारवाहीबाट देश व्यापी सफलता हाँसिल गरी विजय तर्फ उन्मुख हुँदै गएको थियो । जनमुक्तिसेनाको उच्च मनोवल बृद्धि हुँदै थियो , चुनुवाङ बैठकबाट पार्टीको केन्द्रिय समितिले लोकतान्त्रिक गणतन्त्रमा जाने (राजनैतिक कार्यदिशा), सैन्य रणनीतिले परिवर्तन गरी ढाडमा टेकेर टाउकोमा हान्ने कार्यनीति निर्माण गरियो । सो सैन्य नीतिलाई कार्यन्वयन गर्ने, बासुस्मृति व्रिगेडलाई चितवनको बिकट ग्रामिण इलाका लोथरमा केन्द्रीकरण गरी राजनैतिक तथा वैचारिक प्रशिक्षण, कार्यक्रम सम्पन्न गरी हामी कार्य क्षेत्र तर्फ लाग्यौं । हाम्रो ११ औं नम्बर.बी.एन. पनि सो स्थानबाट छोडी ४ दिनको लामो हिडाई पछि मकवानपुर जिल्लाको डाँडाखर्क गाविस अन्तर्गत कार्की गाउँमा केन्द्रिकरण भई अन्तिम आक्रमणको लागी आवश्यक पर्ने खरखजाना तयारी गर्नेतर्फ लागियो । हाम्रो कम्पनीको जिम्मा दाउरा, ड्राईफुड, मासु र ब् अयथ कमाण्डर शिखर टोलीलाई प्राविधिक तयारी ऋ अयथ लाई सुरक्षा सम्बन्धी जिम्मा द्यल् कार्यालय ठोस गरियो । त्यसपछि त्यहाँबाट हाम्रो टिम कार्कीबाट १ घण्टा तल को वस्ती आएर भोजन गरी, नुहाई धुवाई गरी २ बजे छलफलमा केन्द्रितमा भइयो । बैठकमा रणदीप, म समिर, मिरा किरण आक्रमण १ बिचमा, जनतासँग प्रत्येक घरबाट १ पाथीका दरले (भटमास, गहुँ, मकै जे छ त्यही) उठाउने प्रस्ताव बैठकमा मैले राखेँ । निकै छलफल भयो केही कमरेडहरुले हुँदैन भन्नु भयो । कमाण्डर क. रणदीपले जनताको आर्थिक अवस्थाको सही मूल्याङ्कन गरी जहाँबाट जति उठाउन सकिन्छ त्यती नै गर्नुहोस् भनी बैठकमा गम्भिर भएर आफ्नो भनाई राख्नु भयो । हामीले त्यही गाउँका सम्पूर्ण दाजुभाई दिदी बहिनीहरुको भेला गरी हाम्रो पार्टीको योजना राख्यौं । र उहाँहरुले दुई–दुई पाथीको दरले आवश्यक पर्ने सामग्रीहरु जुटाइदिने सहयोगको वाचा राख्नु भयो । साथै मकै भुट्ने, सातु पिस्ने र खाना पकाउन सहयोग समेत दाजुभाईहरुले गर्नुभयो । साथीहरुले बेलुका नाचगान जनवादी गीतमा रमाइलो गर्नुभयो र गाउँका दाजुभाई हरुपनि सहभागि हुनु भयो जसले माहोललाई उत्साहजनक वातावरण सृजना भयो । सहकार्य गर्ने सन्दर्भमा त्यही गाउँका आमा दाजुभाईहरुले हामीलाई धेरै प्रश्न गर्नुभयो । त्यस मध्ये एउटा प्रश्न गम्भिर भएर पटक पटक गर्नुभयो । तिमीहरुले के का लागि लडेको हो ? के राजालाई फाल्न सक्छौ ? त्यसपछि कस्तो शासन ल्याउँछौ त ? थोरै शब्दमा मैले भने आमा तर हजुरको निरन्तर सहयोग आवश्यक पर्छ । भोलि हामीले निजीकरण अन्त्य गरी सामुहिकरण गर्ने हो । राजतन्त्रको अन्त्य गरी गरीब किसान र मजदुर वर्गको जनवादी सत्ता ल्याउने हो भनी सरल भाषामा उहाँहरुलाई प्रष्ट पारेँ र खुसी हुँदै तपाईंहरु अगाडी बढ्नुस हमेशा हाम्रो साथ रहने छ भन्नुभयो । हामीले आवश्यक सम्पूर्ण तयारी पूर्ण गरेको द्यल् कार्यालयलाई जानकारी गराईसकेपछि केन्द्रित हुन निर्देशन दिनु भयो । हाम्रो टिमले भएजतिको सातु बोकेर कार्यालय बसेको ठाउँमा पुग्यो । र द्यल् कार्यालयले काठमाडौं कारवाहीमा जाने टोलीको विभाजन ग¥यो । त्यसपछि दुई दिने कमाण्डो ट्रेनिङ्ग दिने निर्णय मुताविक क. शैलेस लगायतका अन्य कमाण्डर कमरेडहरुले भौतिक प्रशिक्षण दिनु भयो । भने केही कमाण्डर कमरेड हरुले कार्वाहीको नमुना फर्टिफिकेशन बनाउने तर्फ लाग्नु भयो । त्यतिबेलासम्म हाम्रो टिम र पूर्वका साथी बिच घुलमिल भइसकेको अवस्था थिएन । तराईका कमडहरुको बाक्लो उपस्थिति हाम्रो द्यल् मा थियो । तराईका कमडहरुले पहाडमा हिँडन गाह्रो भएको अनुभूति बताउनु हुन्थे । मधेसी साथीलाई निकै कडा भयो गुनासो हामीलाई गर्नुभयो । तालिमसकेपछि द्यल् कार्यालयले कार्वाहीको लागि नमुना तयार भएको जानकारी पश्चात द्यल् कमाण्डर शरदले दिनुभयो ।
पुष २२ गते अलिजाडो बढ्दै थियो । घाम पनि मलिन थिए । साथीहरुले कारवाहीको विषयमा छलफल गर्दै थिए । के अब हामीले लडाई जित्न सक्छौं । त्यतीबेला दुश्मनले सबै तिर आक्रमण गर्दै थियो । र मैले भने असम्भव भन्ने चिज केही पनि छैन, हाम्रो बीचमा एकता पैदा हुनु पर्छ, सकिन्छ! साथीहरु भन्दै टिमलिएर म फिल्डमा गयौं । सो दिनमा वटालियन सहकमाण्डर क. सैलेशले कार्वाहीमा जाने समग्र टिमको सैन्य विन्यास गर्नुभयो । कार्वाहीको कमाण्डर शरद, सहकमाण्डर सैलेश कमिसार सुबोध सहितको समगै टिमलाई यसरी विभाजन गरियो जसमा ४ वटा फस्ट एसल्ट, ४ वटा सकेण्ड एसल्ट, ४ वटा सपोर्ट एसल्ट ४ वटा रिर्जव ग्रुप, ४ वटा माइन ग्रुप, २ वटा मेडिकल, २ वटा सञ्चार ग्रुप र २ वटा आईएनटी ग्रुप तथा टिम व्यवस्थापन ग्रुप गरी ८ भागमा टिमको विभाजन गरी सो टिमको आ–आफ्नो आर्कको समग्र टिमलाई त्यहाँको अवस्था, अवरोध र खेल्नुपर्ने भूमिकाको विषयमा कमाण्डर क. शरदले टिमको आर्क जानकारी गरी सबैलाई जिम्मेवारी ठोस गर्नुभयो । नेपाल कम्युनिष्ट (माओवादी) र सात दल बीच १२ बुँदे सम्झौताले देशमा नयाँ उत्साह पैदा गर्दै जनयुद्धलाई एक स्टेप अगाडी लैजाने, भूमिका खेलेको ब्रिगेड कमिसारले अन्तिम विदाई तथा वैचारिक राजनीतिक कार्यक्रममा बताउनु भयो । जनता र स्थानीय पार्टीले ९÷२७ गते बिहान ७ बजे टिका र माला लगाई लडाईको अग्रिम विजयको शुभकामना दिँदै हात मिलाई विदा गरे । बाटोमा स्थानीय जनताहरुले हात हल्लाउँदै हामी तपाईहरुकै साथमा छौं है भन्दै वाई÷वाई गर्नु भयो । र जनमुक्ति सेनालाई मनोवल बढेको अनुभूति हामीलाई भयो । १ घण्टा उकालो हिँडेर आलुखर्कमा पुगी बेलुका ५ः०० बजे सो ठाउँबाट विदाई हुँदै उकालो बाटो लागियो । झण्डै १ः३० घण्टा जति बाटो पार गर्दै थियौं एक्कासी सहकमाण्डर सैलेशले रोलकल गर्नुपर्ने भयो भन्दै लाइन कभर भन्नु भयो । दुश्मनको इलाका भएकोले तपाईंहरुले गम्भिर भएर अनुशासित भई जनमुक्ति सेना परिचय दिनुहुनेछ भन्दै क. सैलेशले गोडाफाट सतर्क भन्दै रोलकल डिसमिस भन्नु भयो हामी नियम अनुसार फर्मशनमा हिँडियो । अलि माथि देउराली भन्ज्याङ्मा पुगेपछि सबैलाई २ वटा ग्यालिनको आवश्यक लत्ता कपडा वितरण गरियो । त्यहाँ निकै चिसो–चिसो हावा एकैनाशले चलेको थियो । रातभरीको हिडाईपछि हामी किरानाचोकको मगरहरुको बाक्लो उपस्थिति भएको नयाँगाउँमा ३ बजे पुगि खाना खाएर डिउटी लिष्ट तयार गरी सुत्यौं । हाम्रो टिममा समिर, सृष्टि, शिखर, मिलन र रुपेक कमला विजय लगायत १२ जना एउटै थियो । दिनभरी भित्र आराम गरियो । बाहिर कुनैपनि चहलपहल नगर्ने निर्देशन भएकोले दिनमा हतियार सरसफाई र कार्वाहीको लागि ड्राइपूड किसमिस, काजु, चिनी, स्याउ सबै साथीहरुलाई बराबर बाँडियो । ३ बजे हाम्रो शहिद परिवारका छोराछोरीहरुको अवस्था साह्रै नाजुक रहेको कुरा बीएन कार्यालयले सबैलाई जानकारी गरायो । सो इच्छाले पैसा उठाएर हामीले ३५०० रुपैंया उठाएर शहिदको पत्नि र छोराछोरीको हातमा थमाइदियौं । त्यतिबेला हाम्रा शहिद परिवारहरुको अवस्था यस्तो नाजुक त होला भन्ने मलाई लाग्यो । शहिदको पत्नि रुँदै तपाईहरु सुरक्षित भएर लड्नुहोला भन्ने सन्देश दिनुभयो । यत्तिकैमा हाम्रो यात्रा शुरु गर्ने निर्देशन बीएन कार्यलयले गर्छ । ६ बजे साँझमा त्यहाँबाट आग्रहाको खोला किनारा हुँदै आउँदा बाटोमा केही मानिसहरु रक्सीले मातेर हल्ला गर्दै आएका रहेछन्, हामीलाई त कतै दुश्मन त आएन भन्ने लाग्यो र हामी हाम्रो पोजिसन लुकाई सुरक्षित हुँदै समथल भूगोल १ घण्टा उकालो हिँडेर भीमफेदीको राजमार्ग क्रस गरेर जंगलको बाटो हुँदै रातको ३ बजे नौविसेमाथिको तामाङ बस्तीमा बास लिन पुग्यौं । हामीले चिया पिउँदै साथीहरुसँग लडाईको नया ट्याटिस अपनाउने सकिएन भने मोर्चामा हामी जो कोही पनि शहिद हुन सक्छौं भन्ने कुरा क. परिवर्तनले बताउनु भयो । मैले पनि हजुरले भनेको कुरा सही हो भनी कुरा थपेँ र साथमा स्वास्थ्य विभागका साथीहरुले कारवाहीको आफ्नो औषधि र गंज मिलाउँदै हुनुहुन्थ्यो । बेलुका ७ बजे टिममा रोलकल गरी सो ठाउँबाट केही घण्टा हिँडेपछि बाटोमा कुकुर भुकेको सुनियो र हामी पुनः सिटिङ्ग पोजिसन लिँदै विस्तारै मुभ भयौं । ३ बजे लामो जंगलको बाटो पारी चित्लाङ भञ्ज्याङको बाटो नागढुङ्गामाथीबाट क.सृष्टि, क.शिखरको माइन ग्रुप विदा भई आफ्नो आर्क लाग्नु हुन्छ । हामी १ घण्टा बाटो हुँदै चन्दागरी डाँडाबाट मातातिर्थको माथि जंगलमा आई आरामै गरियो । मेम र समिर एउटै स्लीपिङव्यागसँग सुतियो । र सपनामा मैले हरियो घाँस काटेको, थोरै हात काटेको सपना देख्न पुग्छु । आराम गरी १२ बजे उठेर सबै साथीहरुसँग रमाउँदै फोटोखिच्यौं । अन्तिम तयारीको लागि हतियार सरसफाई गर्ने तिर लागियो । र साथीहरुको अनुहारहरुलाई नियाल्दा निक्कै चिन्तित देखिन्थे । र मलाईपनि मनमनै के हुने हो भनने चिन्ता थियो तर पनि मैले लडाई अवश्य जितिन्छ भन्ने लागेको थियो । क. समिरले कसै–कसले बलिदान दिनुपर्ने हो । लडाई के हुन्छ होला भन्ने मलाई प्रश्न गर्नु भयो । मैले आवश्यकता परेमा हामीले बलिदान दिन तयार हुनुपर्छ । यो कारवाहीमा हाम्रो जित सुनिश्चित रहेको कुरा राखेँ । स्वास्थ्य विभागका क.सिद्धान्त, र क. सगुन निक्कै चापमा हुनुहुन्थ्यो र औषधि मिलाउन गाह्रो भएको अवस्था थियो । क. सगुनले युद्धमा कसको साहदत हुन्छ भन्ने थाहा हुँदैन सुरक्षित भएर अगाडी बढ्ने सल्लाह दिनु भयो । दिनको २ः३० बजे अन्तिम रोलकल कमाण्डर क. शरद, क. सैलेशले आवश्यक परे समग्रमा टिमले बलिदान दिएर भएपनि यो कारवाही सफल पार्नुपर्छ भन्नु भयो । हामी ३ः३० बजे त्यहाँबाट ओरालो हुँदै मातातिर्थ पार्कमा आइपुग्यौं । त्यहाँ पिकनिक आउने ग्रुपहरु प्रसश्त मात्रामा रहेछन् । हामी पनि अल्लारे केटाहरु जस्तो चुरोट खाँदै थानकोट पोष्ट तर्फ लागियो । बाटोमा थुप्रै मान्छेहरुले हामीलाई तपाईहरु कहाँजाने हो भनी सोधी रहेका थिए । हामी पनि तपाईंहरु जस्तै घुम्न आएको हो तपाईहरु भन्दा माथि थियो जस्तै कुरा भयो । हाम्रो यात्रा अलि कठिनाई भएकोले अघि जान्छौं भनी हिँडियो । त्यहाँको सुरक्षा व्यवस्था निकै मजबुत थियो । २ कि.मि. सशस्त्र प्रहरीको मूख्य कार्यालय, नागढुङ्गा, सेनाको व्यारेक त्रिभुवन पार्क निर सुरक्षाकर्मी पोष्ट थियो । यति नजिकै पोष्ट सबै भन्दा सुरक्षित पोष्टका रुपमा थानकोट प्रहरी चौकी मानिन्थ्यो । २०६२।१०।०१ गते मौसम पनि एकदमै चिसो थियो र दिनभरी हुस्सुले थरथर कमाउने अवस्था थियो माघे संक्रान्ति भएकोले मानिसको ध्यान पनि सबै चाडपर्व मै थियो । जनमुक्ति सेनाले आक्रमण गर्ने आंकलन कसैले पनि सायद गरेका थिएनन होला । एक्कासी हाम्रो टिम चारैतिर घेरा हाल्दै नागढुङ्गा व्यारेक सशस्त्र प्रहरी मूख्य कार्यालयबाट आउने फोर्सलाई रोक्न माइन ग्रुप तयारी भएपछि अत्याधुनिक हतियारले ब्प्द्धठ, कmन, इन्सास, क्ीच् बाट एक साथ ५.४० मा फायर खोलियो । थानकोट प्रहरी चौकी भित्र पटपट भट भट पटस जस्तो आवाज ठूलो संख्यामा आयो । त्यहाँ स्थानीय जनताहरु पनि प्रत्यक्षदर्शी बनि घर घरबाट नियाली रहेका थिए । केही यात्रीहरु रुँदै कराउँदै बचाऊ बचाऊ भन्दै भाग्दै थिए । एसल्ट ग्रुपहरु अघि बढीरहेका थिए । एसल्ट ग्रुपले कार्यालय प्रमुखको कार्यकक्षलाई नियन्त्रण लियो । भिडन्त चलिरहेको थियो । सेन्टी पोष्टबाट लुकाएर बसेको प्रहरी जवानले क. सैलेशलाई आक्रमण ग¥यो र खुट्टमा गोली लाग्न पुग्यो । क. सैलेशसँग भएको हतियार लिइ मेडिकलकर्मी सिद्धान्त र सुगनले प्राथमिक उपचार गरी जिल्ला पार्टीको व्यवस्थापन ग्रुपलाई जिम्मा दिइयो । आक्रमण कारीलाई हामीले नियन्त्रण लिई उसको हतियार कब्जा गरियो । हाम्रो टिमले भित्र बाहिर वातावरणलाई नियन्त्रण लिई सकेको थियो । त्यही निर ट्राफिक कार्यालय पनि थियो । क. बसन्त पूर्व चालक भएकोले ट्राफिकले गरेको गतिविधि प्रति आक्रोशित हुनुहुन्थ्यो र ट्राफिकहरुलाई नियन्त्रण लिने प्रयास गर्नुभयो तर ठाउँ छोडेर गईसकेका रहेछन् कार्यालयमा तोडफोड र बम प्रहार गर्ने क्रममा मलाई बमको टुक्राले हातमा लाग्न पुग्यो । मेडिकल विभागको स्वास्थ्यकर्मी क. सुगनले प्राथमिक उपचार गरी दिनु भयो । यत्तिकैमा थानकोट प्रहरी चौकी फिल्मी स्टाइलमा ५ मिनेटमा पूर्ण कब्जा भएको कमाण्डर क. शरदले घोषणा गर्नु भयो । जनमुक्ति सेना नेपालले खुसी मनाउँदै गगनवेदी नारा लगाउन थाल्यो । बटालियन कमिसार क. सुबोध आत्मसमर्पण गरेका प्रहरी जवानहरुलाई तपाईंहरुको केही कुरा छ भनी सोध्नु भयो । कब्जा परेका प्रहरीहरुले पहिलो हामीलाई छोडिदिनुहोस् । हामी तपाईंसँग लड्ने पक्षमा थिएनौं । तपाईहरुपनि हाम्रो दाजुभाई जस्तो हो, भनी प्रहरी जवान नविन भण्डारीले भनेका थिए । भण्डारी आफन्त पनि माओवादीमा नै रहेका जानकारी गरेका थिए । नियन्त्रण लिइएका जवानले भने अनुसार जागिर छोड्न तयार छौं भनेका थिए र शरद क. सुवोधले ल तपाईहरु जाउनुहोसु् भन्दै बाहिर चोकमा आइ पून २ मिनेट मन्तब्य राख्नु भयो । सर्वहारा वर्गको जित भएको बताउँदै नेकपा माओवादी जिन्दावाद विर शहिद लाल सलाम, जनमुक्ति सेना नेपाल जिन्दावाद भन्दै नारा लगाउँदै हामी जुन बाट आएका थियौं त्यही बाटो हुँदै चन्दगिरी उकालो जंगलबाट लागियो । बेलुका भएकोले राज्य पक्षबाट कुनै अवरोध हुन सकेन र सकुशल हामी सुरक्षित स्थानमा आइपुगियो ।
उक्त कारवाहीबाट कब्जा गरिएको हतियारहरु निम्न प्रकार छन् ः १ थान माउजर अमेरिकन, ३ थान सिक्जर, २० थान ३.०.३, ५ थान सर्टमन, ३ थान टुटु राइफल, १ थान टिपर ग्यास, १ थान लन्चर सय ग्रिनेट, हजारौं संख्या सो हतियारहरुका गोलीहरु कब्जा गरिएका थियो र भिडन्तको क्रममा ११ प्रहरी जवानको मृत्यु भएको थियो, ९ जना घाइते भएका थिए भने हाम्रो तर्फ २ जना घाइते भएका थिए । देशभर भिडन्त भएको थियो । शाही नेपाली सेना पराजित हुँदै गएको थियो । यो मनोबल गुमाउँदै भाग दौड चल्दै थियो । प्रतिक्रियावादी राज्यसत्ताको राजधानीमा भएको यो कारवाहीले प्रतिक्रियावादीहरुलाई ९ हेक्टरको भूकम्प भन्दा ठूलो झट्का लाग्यो भने जनभुक्तिसेना उच्च मनोबल पैदा गराउँदै विजयतर्फ उन्मुख भयो । अनुशासित सानो शक्तिले पनि ठूलो शक्तिलाई पराजित गर्न सक्दो रहेछ भन्ने यो कारवाहीले पाठ सिकायो । विगतमा यसरी विरता कायम गरेको जनमुक्ति सेनालाई बाबुराम, प्रचण्डहरुले कौडीको मूल्यमा बिक्री संसदिय व्यवस्थाको नाङ्गो दलाली गर्दै राष्ट्रियता माथी आँच आउने कु–कार्यहरु गरिरहेकै छन् भने जनमुक्तिसेना विघठन गरी आफ्नो सामान्य जीवनयापन गुजार्नको लागि विदेशिनु पर्ने अवस्था रहेको छ । भने नेकपा माओवादीले एकिकृत जनक्रान्तिको कार्यदिशा लिई अघि बढिरहेको छ ।