पूण्यको चमत्कार
ब्रह्माकुमार विजय राज सिग्देल
एउटा गाँउमा एक अत्यन्त गरीव व्यापारी बस्ने गर्दारहेछन् । जो कुनै समयमा अति धनवान थिए । जतिबेला व्यापारी धनाढय अवस्थामा थिए, उनले धर्म,कर्म र दानपुण्यको प्रशस्त सुकर्म पनि गरेको रहेछन् । गउशाला बनाउने,गरीवहरुलाई कयौ पटक भरपेट खाना खुवाउने,अनाथालय पनि बनाउन भ्याएको रहेछ , लगाएत अनगिन्ति समाजसेवामा आफुलाई समर्पित गरेर पुण्य जम्मा गरेका थिए । तर जसै जसै समय वित्दै गयो व्यापारी निर्धन भए ।
एउटा समय यस्तो आयो, त्यो देशको राजाले घोषणा गरेछन् यदि कसैले कुनै पुण्य कार्य गरेको छ भने त्यो पुण्य राजा समक्ष जाहेर गरेर आफ्नो पुण्यको जे जति उचित फल हुन सक्छ, लिएर जान सकिनेछ । त्यो कुरा सुनेर व्यापारीको पत्निले उसलाई स्मृति दिलाउन थालिछन । जीवनभर आफुले गरेको असँख्य दान पुण्यको बारेमा केही मात्र भएपनि राजालाई भनेर आफुलाई प्राप्त हुने उचित फल लिएर आउनुस । यतिबेला आफुहरुलाई अति नै अप्ठारो परिवेशमा जुध्नु परिरहेको छ । केही हदसम्म भएपनि अगाडी बढन सहज हुने थियो । आदि । यो कुरा सुनेर व्यापारीपनि सहमत भए । भोलिपल्ट विहानै राजाको दरवारतिर आफ्नो यात्रा तय गर्ने जानकारी समेत गराए, आफनो धर्मपत्निलाई । यात्रा लामो थियो । कहिकतै बाहिर भोजन गर्ने व्यवस्था पनि रहेनछ । सहजताका लागि यात्रा भोजनको व्यवस्था पनि मिलाइदिइन । चारबटा जति रोटी बनाइदिएर बाटो खर्चका रुपमा तयार गरीदिइन । व्यापरी पनि खुसि भए । उमंग,ृउत्साहपूर्वक राजमहल तर्फ व्यापारी एकाविहानै लम्किए ।
लामो समय हिडीसके पछि कहिं कतै थकाई मार्ने, त्यति नै बेला चौतराको छाँयामा बसेर आराम पूर्वक श्रीमतिले पठाइदिएको रोटी खाने योजना बनाए उनले । संयोगले सफा पानिको मूलपनि रहेछ ।खाजाको पोकालाई एकछेउ मा थन्काउदै हातमुख धुने सुर कस्दै थियो, उसको आँखा एकाएक एउटा कुकुर्निले चार पाँच बच्चाहरुका साथ, कुम हल्लाउदै,पुच्छर चलाउदै, बच्चाहरुलाई अघिपछि गराउदै नजिकै पुग्यो। सम्भवतः कुकुरले व्यापरीले बोकेर हिडेको अनाजको बासना थाहापायो होला, निकै खुसि मुद्रामा थियो त्यो जमात । बच्चाहरु अलि बेशी भोकाएको भान भएछ क्यार । दया लागेछ । एकाएक व्यापारीले आफुसँग भएको रोटीहरु मध्ये दुइबटा छाउराहरुलाई दिइदिएछ । अति भोकाएर पनि होला, एकैगासमा दुइवटा रोटी लुछाचुडि गर्दे खाइ हाले ।क्रम पुनः उहि दोहोरीयो । व्यापारीको अघिपछि गर्दे मडारीन थाले ति जमात । फेरी पलाएछ दया उनलाई ।यत्रा बच्चाहरुलाई दुध चुसाउन पर्दा माउ कुकर्निलाई अवश्यपनि भोक मेटिएको छैन होला भन्ठानेर बाकिँ भएको सबै रोटीहरु ख्याइदिए । अनि आफु पानि पिएर अगाडी बढने निधो गरे उनले ।
व्यापारी राजाको महलमा उपस्थित भए । आफुले गरेको पुण्यको कर्मलाई बेलिविस्तार गर्न थाले उनले र अनि, आफुलाई जेजति प्राप्त हुन्छ, फल छिटो दिनका लागि आग्रह पनि गरे । आश्चर्य, राजाले पूर्णरुपमा इन्कार गरीदिए, फल दिनेकुराको । विस्तारपूर्वक बर्णन गरेको पुण्य कर्मबाहेक अन्य कुनै कर्म छन भने फल दिनेकुरा विचार गर्न सकिन्छ । राजाको जवाफ । व्यापारी फनक्क फर्को र आफ्नै कुटितर्फ अगाडी बढने शुर कस्यो । त्यहाँ बस्नु व्यर्थ छ यदि कुनै फल प्राप्त हुदैन भने, किन गनगन गरीरहनु पर्यो भन्ठानेछ क्यारे ।
अलि पर पुगिसकेको व्यापारीलाई बोलाउदै राजाले भने, हे व्यापारी, तिमीले हिजो पनि एउटा पूण्य कर्म पनि गरेको थियौ, त्यो त तिमीले भन्दै भनेनौ । हिजो आफुले खासै कुनै पुण्य नै नगरेको कुरा भने उनले । राजाले नै याद दिलाइदिएछन, हिजो तिमीले आफुले खान भनेर ल्याएको भोजन रोटी कुकुर्निलाई दिएको कुरा तिमीले विर्सिएछौ । हो, त्यो पुण्य कर्मको बदलामा तिमीले जे चाहन्छौ, मबाट, उपलव्ध गराइदिन तयार छु । यहाँसम्म कि तिमीले राज्य नै चाहन्छौ भनेपनि म सुम्पिन तयार छु ।
व्यापारी तिनछक्क । राजाले जवाफमा भनेछन , हे व्यापारी जुन पुण्य कर्म गरेर तिमीले याद राख्छौ, अनि गनि गनि दुनियाँलाई सुनाउछौ, त्यो सबै बेकार हुनपुग्छ । किनकी तिमी भित्र “म,मैले” अंहकार बोलिरहेको छ , त्यो सर्ब व्यर्थ जान्छ । मैले गरे, म विना हुनै सक्दैनथ्यो भन्दै सुनाउदै गर्दा सबै फल समाप्त भइसक्या छ ।
जुन सेवा हिजो तिमीले बाटोमा कुकुर्निलाई चारबटा रोटी पुण्य गर्यौ, यो तिम्रो सबैभन्दा ठुलो सेवा हो, यसको बदलामा तिमीले मेरो सबै राज्य लिऔ भने पनि त्यो कमि हुनेछ ।